इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद « Khabarhub

इजरालयबाट सकुशल उद्धार गरेको भन्दै भारतीय विद्यार्थीले दिए प्रधानमन्त्री मोदीलाई धन्यवाद


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- हमासको आक्रमणको चपेटामा परेको इजरायलबाट आफूहरुलाई सकुशल स्वदेश फर्काएको भन्दै भारतीय विद्यार्थीहरुले सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

इजरायलबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन भारतले सञ्चालन गरेको ‘अपरेशन अजय’ नामक उद्धार अभियानमार्फत् स्वदेश फर्कन लागेका विद्यार्थीहरुले भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै सरकारलाई धन्यवाद दिएका हुन् ।

इजरायलबाट स्वदेश फिर्ता हुन लागेका भारतीय विद्यार्थी विशेषले एएनआईसँग भने, ‘म धेरै खुशी छु, यहाँ त्रासको वातावरण छ, अब हामी घर जाँदैछौँ । हामीलाई उद्धार गरेकोमा भारत सरकारलाई धेरै धेरै धन्यवाद ।’

त्यसैगरी, इजरायलको राजधानी तेल अभिभमा रहेको विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ विषय लिएर मास्टर्स अध्ययन गरिरहेका अर्का विद्यार्थी हर्षले पनि अपरेशन अजयमार्फत् सरकारले आफूहरुको उद्धार गरेकोमा खुशी व्यक्त गरे ।

एएनआईसँग उनले भने, ‘अपरेशन अजयमार्फन् मोदी सरकारले हामीलाई सहयोग गरेकोमा खुशी छौँ । अहिलेको अवस्थाप्रति मेरा आमाबाबुलाई धेरै चिन्ता लागेको थियो । घर फर्किन पाउँदा खुशी छौँ ।’

हाल इजरायलमा १८ हजार भारतीयहरु रहेको बताइएको छ । हमासले इजरायलमाथि हमला गरेसँगै विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ०७ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण