बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा | Khabarhub Khabarhub

बेलबारी गोल्डकप : बिग्रेड ब्वाइज काठमाडौँ सेमि फाइनलमा


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मोरङ – बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपअन्तर्गत रारा फुटबल क्लब राजारानी धनकुटालाई व्रिगेड ब्वाइज काठमाडौँले हराएको छ ।

मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मी माविको खेल मैदानमा मङ्गलबारको खेल बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुवै टिमबाट ४÷४ गोल भएपछि व्रिगेडका कुशल देउवाको पाँचाँै गोल सडनडेथमा निर्णायक सावित बन्यो ।

प्रतियोगितामा म्यान अफ द म्याच व्रिगेडका गोलकिपर विशाल सुनार घोषित भए । उनले नगद रु पाँच हजार पाए । व्रिगेड ब्वाइज विजयी भएसँगै सेमिफाइनलमा पुगेको छ । यसअघि आयोजक डाँगीहाट युथ क्लब तथा सलहेस युवा क्लब सिराहा सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता विजेताले रुआठ लाख नगद तथा उपविजेताले रु पाँच लाख नगद,ट्रफी र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवाले बताए । उनले प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुने उल्लेख गरे ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहेको छ । बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको खेलका प्रवक्ता तथा सञ्चार संयोजक नरेन्द्र बस्नेतले बताए ।

बुधबारको खेल बिर्तामोड युथ क्लब झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँबीच हुने खेल संयोजक भाइकुमार गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : २२ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै