कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित | Khabarhub Khabarhub

कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् ।

सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताए । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उनले भने, “भिजेको धान खेतमै छ, घाम पनि लागेको छैन ।”

गाउँमै अढाइ बिघा जमिन अधियाँमा लिएर उनले खेती गर्दै आएका छन्। अधियाँको जमिनमा उब्जाएको खेतीले वर्षभरि खाने चौधरी पाकेको धान खेतमै भिजेपछि चिन्तित छन् ।“थोरै धान कुन्युँ बनाएर राखेका थियौँ, त्रिपालले छोपेर त्यो धान जोगिएको छ”, उनले भने, “अधियाँ बनाएर खानुपर्छ, वर्षाले पाकेको धान खेतमै भिजाएपछि समस्या थपिएको छ ।”

काटेको धान खेतमै भिजेको बताउँदै उनले अझै वर्षा भए धानबालीमा बढी क्षति पुग्ने बताए । गाउँमा ठाउँठाउँमा वर्षाले धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले बताए । “धेरैले धान भित्र्याउन सकेका छैनन्, काटेर धान चुट्नमा किसान व्यस्त छन्”, उनले भने, “यस्तो समयमा भएको वर्षाले किसानलाई दुःखित बनाएको छ ।”

उनले पिपलाडीमा पाँच बिघा जमिनमा धान, तरकारीलगायतको खेती गर्दै आएका छन् । यसवर्ष धान उत्पादन पनि घटेको चौधरीको भनाइ छ ।

“विगतको वर्षमा दुई सय बोरासम्म धान उत्पादन हुन्थ्यो, यो वर्ष धान राम्रो छैन”, उनले भने, “त्यसैमा पानीले भिजाएको छ ।” खेती भित्र्याउने समयमा हुने वर्षाले कञ्चनपुरमा वर्षेनी क्षति हुने गरेको छ । किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले ठाउँठाउँमा वर्षाको कारण पाकेको धान भिजेको बताए । “क्षतिको आधिकारिक विवरण आएको छैन, वर्षाले जिल्लाभर १०÷१५ प्रतिशत धान भिजाएको अनुमान छ”, उनले भने, “अहिले किसानलाई धान भित्र्याउने चटारो छ ।” जिल्लाभर अहिलेसम्म ५०÷६० प्रतिशत खेती मात्रै भित्र्याइएको अनुमान छ । अझै पानी पर्ने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन उनले आग्रह गरे।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ५९ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको