युद्धको कठिन काम मृतकको गणना | Khabarhub Khabarhub

युद्धको कठिन काम मृतकको गणना


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कुनै पनि युद्धमा मृतकहरूको सङ्ख्या गणना काम साँच्चै कठिन हो। यस समस्याबाट गाजा पृथक् रहने त कुरै भएन। इजरायली सेनाले हवाई आक्रमण तीव्र पारेको छ। जमिनमा पनि त्यत्तिकै आक्रमण भइराखेको छ। युद्धग्रस्त क्षेत्रमा सञ्चारको सुविधा छैन। इन्धनको अभाव छ। भौतिक संरचनाहरू भत्किएका छन्। यस अवस्थामा सही सूचना साँच्चै कठिन हो।

प्यालेस्टाइनी अधिकारीले गाजाको कठिन अवस्थाको माझमा सही सूचना पाउन कठिन भइरहेको कुरा स्वीकार गरेका छन्। तथापि गाँजाका स्वास्थ्य मन्त्रालयले पर्याप्त मृतकको अपडेट भइरहेको जनाएको छ।

सोमबार साँझसम्म मन्त्रालयले चार हजार ६ सय ३० बच्चासहित ११ हजार २ सय ४० जनाको ज्यान गएको जनाएको छ। इजरायली अधिकारीले यसमा शङ्का व्यक्त गरेका छन्। उनीहरूले मृतकको सङ्ख्या भन्दा दुई सयदेखि एक हजार चार सयसम्म कम भएको जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेनले गाजाका अधिकारीले प्रस्तुत गरेको तथ्याङ्कमा आफूलाई विश्वास नलागेको बताएका छन्। तथापि विश्व स्वास्थ्य सङ्गठन लगायत अन्तर्राष्ट्रिय संस्थाले सो तथ्याङ्कमा अनविश्वास गर्नुपर्ने कुनै कारण नै रहेको जनाएका छन्।

स्वास्थ्य मन्त्रालयले नियमित मृतकको अपडेट सामाजिक सञ्जालमा गरिरहेको छ। यसमा महिला, बालबालिका र बृद्धाहरुको सङ्ख्या पनि उल्लेख छ। सो विवरणमा मृत्युको पूर्ण कारण उल्लेख गरिएको हुँदैन।
इजरायली आक्रमण उल्लेख गरिएको हुन्छ।

मन्त्रालयले घाइतेको विवरण पनि उल्लेख गरेको हुन्छ। हराइ रहेकाको विवरण पनि त्यहाँ उल्लेख गरिएको हुन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार चिकित्सकबाट मृत घोषित भएपछि यसको जानकारी मन्त्रालयलाई दिने गरिएको र सोही आधारमा तथ्यांक तयार भएको जनाएको छ।

यस विवरणमा सेना र सर्वसाधारणको मृत्युको विषय भने खुलाइने गरेको छैन। गाँजाका अधिकारीका अनुसार मृत घोषित भएपछि उनीहरूको शरीरको सङ्ख्या गनिन्छ। विस्फोटमा परेपछि उनीहरूको परिचय खुल्न नै कठिन हुन्छ। पेसागत विवरण लिइने गरेको छैन।

गत साता वाइडेन प्रशासनले यसमा प्रतिक्रिया दिएको थियो। मृतकको सङ्ख्या उल्लेख गरिए भन्दा बढी हुन सक्ने आङ्कलन एक जना वरिष्ठ अधिकारीले व्यक्त गरेका थिए। संसद्को वैदेशिक मामला कमिटीमा जवाफ दिने क्रममा इस्टर्न अफेयर्सका सहायक सेक्रेटरी अफ अफिस बारबरा लिफले मृतकको सङ्ख्या एकदमै धेरै हुन सक्ने कुरा बताएका थिए।

२५ अक्टोबरका दिन वाइडेन आफैले प्यालेस्टाइनीले मृत्युको बारे सही सूचना नदिएको आरोप लगाएका थिए। परन्तु आफ्नो शङ्काको बारे उनले कुनै प्रमाण भने प्रस्तुत गरेका थिएनन्। वाइडेनले आफ्नो कुरा राखेको एक दिनपछि गाँजाको स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन गर्दै ७ अक्टोबरको दिनदेखि २६ अक्टोबरको दिनसम्ममा मर्नेको नामावली नै सार्वजनिक गरेको थियो। ६ हजार भन्दा बढीको पुरा नाम, उमेर र परिचय पत्र नम्बरसमेत उल्लेख गरिएको थियो। यसरी यो नामावली तयार पार्नु साँच्चै कठिन काम थियो।

त्यो तथ्यांक तयार पार्नमा उपचारमा सक्रिय प्लास्टिक सर्जन डा. घासन अबु सितान लगायतको महत्त्वपूर्ण भूमिका थियो। मृतको परिवारसँग सम्पर्क गरेर उसको पूर्ण परिचय पक्का गरेर मात्र सार्वजनिक गर्ने गरेको रहेछ। उनको विचारमा पनि मृतकको सङ्ख्या तथ्याङ्कमा भएको भन्दा धेरै हुनसक्छ। धेरै जना घरमा नै मरेको र उनीहरूले सरकारी निकायलाई जानकारी नै नगराएको पनि अवस्था रहेको छ।

प्यालेस्टाइानी रेड क्रेसेन्टका प्रवक्ता भने एक पटक मृत शरीर फेला परेपछि यसलाई तथ्याङ्कमा राख्नका लागि अस्पताल लैजाने गरिएको बताउँछन्। विभिन्न निकायले आफूहरूले जानकारीमा रहेका मृतकको नाम स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा छ या छैन भनेर परीक्षण पनि गरेका थिए। सञ्चार माध्यमबाट पनि भएको थियो। यस्ता धेरै परीक्षणको आधारमा ‘क्रस चेक’ गरिएका नाम स्वास्थ्य मन्त्रालयको सूचीमा देखियो। राष्ट्र संघले पनि यसलाई निगरानीमा राख्ने काम भने गरेको छ।

अर्थशास्त्रका प्राध्यापक माइकल स्पागाट पनि यस छानबिनमा संलग्न भए। लन्डनको रोयल हलोवे विश्वविद्यालयका प्राध्यापक उनले युद्धमा मारिनेको निगरानी गरिरहेका छन्। उनले मन्त्रालयको सूचीमा एक डुप्लिकेट तथ्यांक रहेको फेला पारेको बताएका छन्। धेरैको छानबिनले तथ्यांक करिब ‘एक्युरेट’ हुने देखिए पनि केही शङ्काका विषय अझै छन्। १७ अक्टोबरमा गाँजाको अहिले अस्पतालमा भएको विस्फोटमा ५ सय जना मारिएको स्वास्थ्य मन्त्रालये जनाएको थियो।

तथ्याङ्कमा सुचीकृत गर्दा ४ सय ७१ जनाको सुचीकृत गरिएको छ। अहिले नागरिकको मृत्युको सङ्ख्यामा गडबडी भएको र केही बढाइएको हुनसक्ने धेरैको ठहर छ। विगतमा पनि धेरै युद्धलाई ध्यान पूर्वक हेरीरहेका प्राध्यापक स्पागाट त्यहाँको मृतकको पहिचानमा एकदमै सतर्कता अपनाइएको बताउँछन्।
रमालास्थित प्यालेस्टाइन केन्द्रीय तथ्यांक विभागका प्रमुख ओला अवाद ससीहरले गाँजाको नियमित अपडेट लिइरहेका छन्। गाँजा र वेस्ट बैङ्कको पूर्ण तथ्यांक इजरायली पपुलेसेन रजिस्ट्रेसन कार्यालयले राख्ने गरेको छ।

इजरायली रक्षा मन्त्रालयले त्यहाँको स्वास्थ्य मन्त्रालय नै हमासको नियन्त्रणमा रहेका कारण मन्त्रालयको तथ्याङ्कमा विश्वास नलागेको बताउँछन्। ७ अक्टोबरका दिन मारिनेको सङ्ख्या सुरुवातमा १ हजार चार सय भनिए पनि अहिले एक हजार दुई सय जना मात्र भएको हुन सक्नेमा इजरायली अधिकारी नै सहमत हुन थालेका छन्। विदेश मन्त्रालयका प्रवक्ता लीयोर हाइयाट धेरै जना मारिनेको पहिचान हुन सकेको छैन। यसै कारण दोहोरो अङ्कमा पनि गणना भएको हुनसक्छ। उनको विचारमा इजरायलमा रहेका विदेशीको पहिचान हुन नसकेको पनि हुनसक्छ।

इजरायली अधिकारीले भने मृतकको विवरण अझै निकालेका छैनन्। इजरायली अधिकारीले ८ सय ५० भन्दा बढी नागरिकको पहिचान गर्न बाँकी रहेको तथा शंका लागेर फोरेन्सीक प्रविधिको प्रयोग बाँकी हरेको बताएका छन्। गाँजामा ४८ जना इजरायली सेना मारिएको जनाइएको छ। यस तथ्यांक सूचीकृत गर्नमा धेरै मेहनत त भएकै छ। धेरै हदसम्म सङ्ख्याको नजिक पुगेकोमा अन्तर्राष्ट्रिय निकाय सहमत छ। तथापि स्वास्थ्य मन्त्रालय नै हमासको पकडमा रहेका कारण उनीहरूको नियतमा नै धेरैले विश्वास गर्ने आधार छैन।
स्रोतः बीबीसी

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : २६ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी