फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध « Khabarhub

फिफा विश्वकप छनोट : उरुग्वेसँग अर्जेन्टिना स्तब्ध


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनोटमा उरुग्वेसँग अर्जेन्टिना स्तब्ध भएको छ । आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनालाई २–० गोलले हराउँदै उरुग्वे विजयी भएको हो ।

उरुग्वेका लागि रोनाल्ड अरौजो र डार्विन नुनेजले एक–एक गोल गरेका थिए । खेलको ४१औँ मिनेटमा अरौजोले गरेको गोलमा ८७औँ मिनेटमा नुनेजले गोल थप्दै उरुग्वेको जितलाई सुनिश्चित बनाए । 

गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो । यस्तै, विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो ।

यो जितसँगै उरुग्वे ५ खेलबाट १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको अर्जेन्टिना १२ अंकसहित शीर्षस्थानमा यथावत छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर