इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु « Khabarhub

इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् ।

जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।

यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत रहेका छन् ।

यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएकाे छ । गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएको छ ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानीय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन्।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ । एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ३१ बजे

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र

समानुपातिक उम्मेदवारी फिर्ता लिएँ : डा. त्रिशला गुरुङ

काठमाडौं- गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीबाट

गगन थापालाई प्रश्न : अब तपाईंहरूको विशेष महाधिवेशन के हुने भयो ?

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ । शुक्रबार