फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई « Khabarhub

फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल छनौटमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले हराएको हो । 

कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरेका थिए । खेलको ७५औँ र ७९औँ मिनेटमा गोल गर्दै उनले कोलम्बियालाई महत्वपूर्ण जित दिलाए । यसअघि खेलको चौथो मिनेटमा ब्राजिलका गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए । 

सुरुवाती अग्रतालाई जोगाउन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलले दोस्रो हार बेहोर्न पुग्यो । 

जारी विश्वकप छनोटमा कोलम्बिया ५ खेलबाट ९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ भने ७ अंक भएको ब्राजिल पाँचौँ स्थानमा झरेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ०० बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा