‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’मा पाँच नेपाली राइडर « Khabarhub

‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’मा पाँच नेपाली राइडर


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको गुवाहिटीमा सुरु भएको ‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’ प्रतियोगितामा नेपाली पाँच जना राइडर पनि सहभागी भएका छन् । चर्चित मोटरबाइक कम्पनी हिरोले सञ्चालन गरेको रेस प्रतियोगितामा पाँच जना नेपाली राइडर सहभागी भएका हुन् । 

नेपालमा आधिकारिक रुपमा दर्ता भएको एक्सपल्स राइडर्स नेपाल, क्लबमा आबद्ध भएका राइडरहरु बिहीबारदेखि सुरु भएको रेसमा सहभागी भएका हुन् ।
प्रतियोगितामा सहभागी भएका नेपाली राइडरहरु मुकुन्द पोखरेल, रामविक्रम थापा, आशुतोष खत्री, अभिषेक सिटौला र सन्तोष श्रेष्ठ छन् ।

उनीहरु बुधबार पशुपतिमा पूजा गर्दै नेपालको झण्डा फहराएर भारत प्रस्थान गरेका थिए । पशुपतिमा भएको बिदाई कार्यक्रममा नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक र एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले पाँच जना राइडरलाई संयुक्त रुपमा नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

राइडरहरुलाई एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्यहरुले आर्थिक सहयोगसमेत गरेका छन् । राइडर क्लबका सदस्यको सहयोग र हौसलाले भारतमा जारी प्रतियोगितामा जित हात पार्न थप मनोबल बढेको भारत प्रस्थान गरेका राइडरमध्ये मुकुन्दराज पोखरेलले बताए ।

‘पहिलोपटक यसरी प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लागेको छ’ उनले भने, ‘एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्य, नासा र साथीहरूको सहयोग र हौसला लिएर रेसमा जान पाउँदा हौसला बढेको छ ।’

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ०१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान