साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ « Khabarhub

साइबर क्राइम मुद्दामा एक किशोर पक्राउ


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

दमक– नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ । उनको नक्कली फेसबुक आइडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन ।

यसैबीच जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नगद, तास  कौडसहित १५ जुवाडे पक्राउ परेका छन् । गौरादह–३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको सुराकीका सूचनाका आधारमा आज बिहान ३ बजे दमक र गौरादह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट रु एक लाख ३५ हजार नौ सय २०, १६ थान कौडा, तीन बुक ताससहित १५ जनालाई पक्राउ गरेको थियो  । 

पक्राउ परेका सबैलाई दमक इलाका प्रहरी कार्यालयमा  ल्याई थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक  रिजालले बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : ०० बजे

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३