खबरहबको प्रधान सम्पादकमा अरुण बराल नियुक्त | Khabarhub Khabarhub

खबरहबको प्रधान सम्पादकमा अरुण बराल नियुक्त


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेभिलियन मिडिया प्रा.लिद्वारा सञ्चालित खबरहब डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त भएका छन्।

पेभिलियन मिडिया व्यवस्थापनले बराललाई मंसिर १ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गरेको हो। खबरहबको प्रधान कार्यालय दरबारमार्गमा आयोजित स्वागत कार्यक्रममा बराललाई खबरहबका अध्यक्ष नरेश श्रेष्ठले स्वागत गरे।

सम्पादक बराललाई स्वागत गर्दै खबरहबका अध्यक्ष श्रेष्ठले बरालको नेतृत्वमा खबरहब थप उचाइमा जाने विश्वास व्यक्त गरे। अध्यक्ष श्रेष्ठले पेभिलियन मिडियाले अहिलेको संकटलाई अवसरका रुपमा परिणत गर्न खोजेको भन्दै थप विविधीकरण गर्दै अन्य मिडियाहरू पनि थप्दै लैजाने जानकारी दिए।

यसअघि कान्तिपुर टेलिभिजनका डेपुटी एडिटर रहेका नवनियुक्त प्रधान सम्पादक बरालले यसअघि अनलाइनखबर, रातोपाटी र र नेपालखबरमा सम्पादकका रुपमा काम गरेका थिए।  उनीसँग नयाँ पत्रिका दैनिक र जनआस्था साप्ताहिकमा पनि सम्पादकीय टिममा रहेर काम गरेको अनुभव छ । उनले धरानस्थित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेका हुन्।

यसैबीच खबरहबको सम्पादकमा पत्रकार संकेत कोइराला नियुक्त भएका छन्। झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय कोइरालासँग इमेज टेलिभिजन, सगरमाथा टेलिभिजन, हिमालय टेलिभिजन र विमोचनमा सम्पादकका रुपमा काम गरिसकेको अनुभव छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : २२ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका