नारायणीमा छठको तयारी « Khabarhub

नारायणीमा छठको तयारी


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको नारायणी नदीमा छठ पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले छठ पूजाका लागि घाट सम्याउने, सरसफाइ गर्ने र टेन्ट निर्माण गरिरहेको छ । 

समितिका उपाध्यक्ष राजेशबाबु गुप्ताका अनुसार यस वर्ष व्रतालुहरूको सुविधाका लागि टेन्ट निर्माण भइरहेको छ । ‘नारायणीमा अघ्र्य दिँदा सुविधा होस् भनेर घाट सम्याउने काम गरिरहेका छौँ’, उनले भने, ‘भरतपुर महानगर र चितवन प्रशासनसँग समन्वय गरी काम गरिरहेका छौँ ।’ 

नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गतको तुलनामा बढी भक्तजन आउने गुप्ताले बताए। पहिले पहिले तराईवासीले मात्रै मनाउने छठ पछिल्लो समय पहाडी समुदायका मानिसले समेत पूजा गर्ने र हेर्न आउने उनको भनाइ छ ।

नदी किनारमा पूजाका लागि छुट्टाछुट्टै ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका मूर्ति राखिने समितिका उपाध्यक्ष गुप्ताले जानकारी दिए। उनका अनुसार यहाँ चितवनसहित नवलपरासी पूर्व (नवलपुर), तनहुँ, धादिङ, गोरखा र लमजुङबाट व्रतालु छठ मनाउन आउने गरेका छन् । 

समितिका सदस्य दिलीपकुमार गुप्ताले १६ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठ पर्व मनाउन थालिएको बताए। ‘कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो । त्यसैले प्रत्येक वर्ष छठको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन्’, उनले भने, ‘विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ मनाइन्थ्यो । समिति स्थापना भएपछि व्यवस्थित रुपमा मनाउन थालिएको हो ।’ व्यवस्थापनका लागि समितिले घरदैलो कार्यक्रममार्फत स्वेच्छिक रुपमा आर्थिक सहयोग संकलन गरेको उनको भनाइ थियो । 

नारायणगढमा व्यवसाय गर्दै आएका राकेश यादवले आस्था र विश्वासको धरोहरका रुपमा छठ पर्व मनाउँदै आएको उनले बताए। उनले छठ नयाँ पुस्ताका लागि पनि उल्लासको पर्व भएको बताए । ‘छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने गरिएकामा पछिल्लो समयमा यही नदी किनारमा व्रत बस्न थालेका छन् । सोही कारण हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दै गएको हो’, यादवले भने । यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।

उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठ पर्व सकिन्छ । चामल, पीठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायत प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो

गैरन्यायिक खोला र सडक मापदण्ड पीडितले पौष १७ गते प्रदर्शन गर्ने

काठमाडौं– गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले पौष