‘सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्वपूर्ण’


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

घोराही– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताएकी छन् । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिइन्।  

समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो । मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि आफूले पहल गर्दै आएको बताइन्। जुनसुकै विकास निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहने भन्दै टोलवासी पनि विकास, निर्माणका विषयमा जागरुक हुनुपर्ने उनले धारणा राखिन्। 

विशेष गरी स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै मन्त्री शर्माले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन्। निर्वाचनका क्रममा जनतासँग गरिएका प्रतिबद्धताअनुसार विकास निर्माणका क्षेत्रमा काम गरिरहेको उनको भनाइ थियो । 

मन्त्री शर्माले भनिन्, ‘यहाँको समग्र विकासका लागि अझै पनि धेरै काम गर्न बाँकी छन् । स्थानीयस्तरमा हुने समस्या समाधानका लागि हरपल छु । नागरिक केन्द्रित काम भइरहेका छन् ।’ कार्यक्रममा कस्तुरीनगर टोलवासीले आम नागरिकले विकासको प्रत्याभूत गर्ने गरी काम गर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ४ : १३ बजे

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले