अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए  | Khabarhub Khabarhub

अल्लु अर्जुनले आफ्नो पारिश्रमिक १७ गुणा बढाए 


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक १७ गुणा बढाएका हुन् । पुष्पा आउनु अघि अर्जुनले एक दिनको सुट गर्न ३५ लाख भारतीय रुपैयाँ पारिश्रमिक लिन्थे । 

तर अहिले कुनै पनि प्रडक्टको एन्डोर्समेन्टका लागि उनले एक दिनकै ६ करोड भारतीय रुपैयाँ चार्ज गरिरहेका छन् । यो रकम कुनै पनि दक्षिण भारतीय अभिनेताले लिएको सबैभन्दा धेरै फिस हो। अल्लु जस्तै गरी एउटै फिल्मबाट चर्चित बनेका अन्य कलाकारहरूले पनि २ वर्ष अघिको भन्दा ८ गुणा धेरै फिस लिइरहेका छन् ।

पुष्पाको अभूतपूर्व सफलतापछि अल्लु कयौँ ठूला ब्रान्डका अनुहार बनेका छन् । यसमा केही स्वदेशी र विदेशी ब्रान्डहरू पनि छन् । उनले हालै मात्र कोका-कोला, एएफसी, जोमाटो र रेड बससमेत ६ ओटा नयाँ ब्रान्डसँग डिल साइन गरेका छन् ।

यस अघि अल्लु अर्जुनले पान मसला ब्रान्डलाई प्रवर्द्धन गर्ने अफर अस्वीकार गरेका थिए । कम्पनीले उनलाई १० करोड रुपैयाँको डिल अफर गरेको थियो । दर्शकसामु आफूले गलत चिजको प्रमोट गर्न नचाहेको भन्दै उनले सो अफर लिएनन् । 

अल्लु अर्जुन यतिबेला पुष्पाको सिक्वेलको सुटिङमा व्यस्त छन् । यो फिल्म सन् २०२४ को अगस्ट १५ मा रिलिज हुनेछ । अहिले उनी हैदराबादमा यही फिल्मको सुटिङमा व्यस्त छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ५० बजे

च्याटजीपीटीको प्रयोगमा गिरावट

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ ।