चन्द्रयान-३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो « Khabarhub

चन्द्रयान-३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चन्द्रमामा पठाएको रकेट चन्द्रयान-३ लाई धर्तीबाट ३६ हजार किमी टाढा पठाउने हिस्सा पृथ्वीमै फर्किएको छ । 

बुधबार राति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी इस्रोले पुष्टि गरेको हो । यो एलभीएम–३ एम-४ रकेटको कस्मोजेनिक अपर स्टेज थियो ।

यसले सन् २०२३ को जुलाई १४ मा चन्द्रयानलाई धर्तीमाथि १३३ किमी बाइ ३५ हजार ८२३ किमिको अर्बिटमा पुर्‍याएको थियो । त्यति बेलादेखि नै यो आकाशमा चारैतर्फ चक्कर लगाउँदै विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको थियो । नोभेम्बर १५ को राति पौने तीन बजे आसपास यो हिस्सा अमेरिकाको तटबाट टाढा प्रशान्त महासागरको उत्तरमा खस्यो ।

नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड)ले अन्तरिक्षबाट आइरहेको सो वस्तु चन्द्रयान रकेटको हिस्सा भएको पुष्टि गरेको थियो । धर्तीको तल्लो कक्षबाट कुनै पनि वस्तु पृथ्वीको सतहमा खस्न झन्डै १२४ दिन लाग्छ । एलभीएम-३ एम-४ रकेटको सो हिस्सा पनि लगभग उति नै दिनमा खसेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ०९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १