‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा १६२ करोड कमायो  « Khabarhub

‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा १६२ करोड कमायो 


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान स्टारर ‘टाइगर ३’ले चौँथो दिनसम्म भारतीय बक्स अफिसमा १६२ करोड भारु कमाएको छ । चौंथो दिन फिल्मले २०.५० करोड भारु कमायो ।

भारतमा जारी क्रिकेट विश्वकपको सेमिफाइनल खेलले फिल्मको चौथो दिनको कमाइ प्रभावित भएको अनुमान छ । भाइटीकामा फिल्मको कमाइ २६ देखि २८ करोड हाराहारीमा रहेको बताइएको छ ।

यी संख्या हेर्दा अब फिल्मले ५०० करोड भारु कमाउने प्रक्षेपण साँघुरिएको छ । यसका लागि अबको दुई सातामा कमाइको ट्रेन्ड कस्तो देखिनेछ, यसले भविष्य निर्धारण गर्नेछ । फिल्मको पहिलो साताको कमाइ २२ करोड हुनसक्ने अनुमान छ ।

 तर, दोस्रो आइतबार विश्वकपको फाइनल खेल हुने भएपछि पुनः फिल्मको कमाइमा धक्का अवश्य लाग्नेछ । जसले गर्दा पहिलो साताको कमाइ अपेक्षाअनुसार हुनेछैन । भारतमा क्रिकेटको समयमा फिल्मको प्रदर्शन समेत प्रभावित भएको विगत छ । जुन ‘टाइगर ३’मा समेत स्पष्ट देखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : १६ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण