विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

भारतले आयोजना गरेको दोस्रो भोइस अफ ग्लोबल साउथ समिटलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने बताएका हुन् । ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ्य जीवन निर्वाहमा टेवा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले विद्यमान विश्वव्यापी शासन संरचना र अन्तर्राष्ट्रिय वित्तीय संरचना सुधार आवश्यक रहेको बताए । उनले भने, ‘हामीलाई के विश्वास छ भने विद्यमान विश्वव्यापी शासन संरचनालाई सान्दर्भिक बनाउन र आजको यथार्थ प्रतिबिम्बित गर्न यसमा समयसापेक्ष सुधार आवश्यक छ । सँगसँगै अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार प्रमुख प्राथमिकता बन्नुपर्छ।’

साथै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताहरुले विकासोन्मुख र अल्पविकसित मुलुकहरु सबैभन्दा बढी प्रभावित भएको बताए । खाद्यान्न र उर्जाको बढ्दो मूल्य, कमजोर आर्थिक अवस्थाले विकासोन्मुख र अल्पविकसित देशहरुमा थप समस्या उत्पन्न भइरहेको उनको भनाई छ ।

‘हामीले त्यस्तो समावेशी र दिगो विश्वव्यापी वृद्धिको वकालत गर्न आवश्यक छ, जसमा गरिबी निवारण र आफ्ना नागरिकको जीवनस्तर सुधारका लागि ग्लोबल साउथले उचित हिस्सा प्राप्त गर्दछ,’ प्रचण्डले भने ।

यस्तै सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन कायम गर्ने नेपालको प्रतिबद्धता स्मरण गर्दै प्रचण्डले नेपालले जलवायु परिवर्तनको बोझ बोकिरहेको बताए । हिमालयमा जलवायु परिवर्तनको असरले लाखौँ मानिसको जीविकामा खतरा उत्पन्न गरेको उनको भनाई छ ।

भारतले आयोजना गरेको दोस्रो भोइस अफ ग्लोबल साउथ समिटको विषयवस्तु ‘ग्लोबल साउथः टुगेदर फर वन फ्युचर’ रहेको छ।

 

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४