विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न साझा लक्ष्यमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय शान्ति, विकास र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

भारतले आयोजना गरेको दोस्रो भोइस अफ ग्लोबल साउथ समिटलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रियस्तरमा विश्वास कायम गर्न साझेदारी र सहकार्य प्रवर्द्धन र एकताका साथ काम गर्नुपर्ने बताएका हुन् । ग्लोबल साउथले गरिबी उन्मूलन र स्वस्थ्य जीवन निर्वाहमा टेवा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले विद्यमान विश्वव्यापी शासन संरचना र अन्तर्राष्ट्रिय वित्तीय संरचना सुधार आवश्यक रहेको बताए । उनले भने, ‘हामीलाई के विश्वास छ भने विद्यमान विश्वव्यापी शासन संरचनालाई सान्दर्भिक बनाउन र आजको यथार्थ प्रतिबिम्बित गर्न यसमा समयसापेक्ष सुधार आवश्यक छ । सँगसँगै अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार प्रमुख प्राथमिकता बन्नुपर्छ।’

साथै प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक जटिलताहरुले विकासोन्मुख र अल्पविकसित मुलुकहरु सबैभन्दा बढी प्रभावित भएको बताए । खाद्यान्न र उर्जाको बढ्दो मूल्य, कमजोर आर्थिक अवस्थाले विकासोन्मुख र अल्पविकसित देशहरुमा थप समस्या उत्पन्न भइरहेको उनको भनाई छ ।

‘हामीले त्यस्तो समावेशी र दिगो विश्वव्यापी वृद्धिको वकालत गर्न आवश्यक छ, जसमा गरिबी निवारण र आफ्ना नागरिकको जीवनस्तर सुधारका लागि ग्लोबल साउथले उचित हिस्सा प्राप्त गर्दछ,’ प्रचण्डले भने ।

यस्तै सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन कायम गर्ने नेपालको प्रतिबद्धता स्मरण गर्दै प्रचण्डले नेपालले जलवायु परिवर्तनको बोझ बोकिरहेको बताए । हिमालयमा जलवायु परिवर्तनको असरले लाखौँ मानिसको जीविकामा खतरा उत्पन्न गरेको उनको भनाई छ ।

भारतले आयोजना गरेको दोस्रो भोइस अफ ग्लोबल साउथ समिटको विषयवस्तु ‘ग्लोबल साउथः टुगेदर फर वन फ्युचर’ रहेको छ।

 

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले