छठका लागि बाँसको सामग्री बनाउन मरिक समुदायलाई भ्याइनभ्याइ « Khabarhub

छठका लागि बाँसको सामग्री बनाउन मरिक समुदायलाई भ्याइनभ्याइ


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

इनरुवा – मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन दुई दिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् ।

सुनसरी हरिनगरसहित जिल्लाका विभिन्न स्थानका मरिक समुदायका मानिस छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेकाले बाँसको सामग्री बनाउन लागेको हरिनर–२ रामनगरभुटहाका वीरेन्द्र मरिकले बताए।

अहिले गाउँगाउँबाट रु एक सयदेखि तीन सय ५० सयसम्मा बाँस किनेर ल्याइ छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायका अगुवाले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको स्थानीय मरिक बताउँछन् ।

स्थानीय मरिकका अनुसार छठ पर्व गर्ने प्रत्येक वर्ष बढेकाले आफूलाई बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने गरेको छ । छठमा बाँसको सामग्री पु¥याउनलाई आफू महिना दिनअघिदेखि नै काममा व्यस्त भएको स्थानीय गीता मरिकले बताए ।

आफ्नो समुदायको रोजगारी र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइ लागेको र त्यसबाट आएको आम्दानीले छोराछोरी पढाउने गरेको उनले बताए । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनिया र ढाकी बनाउने र बिक्री गर्ने योजना रहेको छ । हरिनगरका मरिक जस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानका मरिक छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त अन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ४७ बजे

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका

मुस्लिम समुदायका लागि मधेशमा बुधबार बिदा

जनकपुर – मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश