भुलेर पनि यी वस्तुलाई भुइँमा नराख्नुहोस्  | Khabarhub Khabarhub

भुलेर पनि यी वस्तुलाई भुइँमा नराख्नुहोस् 


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्तले व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत गर्दछ ।

साथै नकारात्मक ऊर्जा नष्ट गरेर घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । यसका अलावा दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कसरी राख्ने त्यसबारे पनि उल्लेख गरिएको छ । जसअनुसार भुइँमा राख्नै नहुने केही सामग्री यस्ता छन्–

कौडा र सीपी
माता लक्ष्मीको पूजामा प्रयोग हुने कौडा र सीपी कुबेरको प्रतिनिधि मानिन्छ । शास्त्रीय मान्यता अनुसार यसलाई भुइँमा राख्दा धन सम्बन्धी समस्या हुन सक्छ ।

शिवलिंग र शालिग्राम
यदि घरको मन्दिरमा शिवलिंग र शालिग्राम छ भने यसलाई भुइँ (जमीन) मा राख्नु हुँदैन । मन्दिर सफा गर्दा धेरैले यस प्रकारको गल्ती गर्दछन् । शिवलिंग र शालिग्रामलाई भुइँमा राखेमा जीवनमा संकट आउने धार्मिक मान्यता छ ।

फूलको माला, शंख र तुलसी
पूजापाठका साथै अन्य शुभ कार्यमा प्रयोग हुने फूलको माला, शंख, दियो, तुलसीको पत्ता, कपूर आदि पनि भुइँमा राख्नु हुँदैन । यी सामग्री भुइँमा राख्दा अशुभ हुने वास्तुको मान्यता छ ।

रत्न र आभूषण
वास्तुशास्त्र अनुसार सुन, चाँदी, हीरा, मोती, पन्ना लगायतका बहुमूल्य धातु, रत्न र आभूषण पनि भुइँमा राख्नु हुँदैन । यसो गर्नु ती रत्न र आभूषणको अपमान मानिन्छ भने घरमा धन नटिक्ने मान्यता छ । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ४४ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा