इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको बराबरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीको जितमा ज्याक ग्रेलीस, रिको लेविस र प्यालेसका लागि जेन फिलिप मेटा, माइकल ओलिसले एक–एक गोल गरेका थिए ।

सिटीले क्रिस्टल प्यालेससँगको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु  पर्‍याे । सिटीले खेलको २४औँ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो ।

तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो ।

यो बराबरीसँगै सिटी १७ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा यथावत रहेको छ । १७ अंक भएको क्रिस्टल प्योले १५औँ स्थानमा छ । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ०४ बजे

रुसमा बच्चा जन्माउन नयाँ कानुन, के के छन् व्यवस्था ?

काठमाडौं– रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी – जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार सन्