एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा आज सकिँदै | Khabarhub Khabarhub

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा आज सकिँदै


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको  ‘झुलाघाट (बैतडी)– चिवाभञ्ज्याङ (पाँचथर) मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धि संकल्प पदयात्रा आज समापन हुँदैछ ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो ।

संकल्प यात्राको अन्तिम दिन आज एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्दैछ । चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

चिवाभञ्ज्याङको कार्यक्रम सकेर टोली साँझ फिदिम फर्किने र भोली काठमाडौँ प्रस्थान गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : १३ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका