राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव « Khabarhub

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक बसिरहेको  छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

बैठकमा आफ्नो प्रस्ताव पेस गर्दै लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि आन्दोलनमा जाने प्रस्ताव गरेका हुन् ।

उनले देशको वर्तमान अवस्थालाई ध्यान दिई सडक सङ्घर्षमा जानुको विकल्प नभएको बताए । उनले राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष सुनाउँदै प्रतिपक्षको भूमिकामा पार्टी थप सशक्त हुने बताए ।

अध्यक्ष लिङ्देनले देशमा पुँजी निर्माण हुन नसकिरहेको अन्योलपूर्ण अवस्थामा पनि सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लागेको आरोप लगाए ।

उनले समान विचार भएकाहरूसँग एकता, सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदवाव सिर्जना गर्नुको विकल्प नभएको समेत धारणा राखे ।

बैठकमा महामन्त्री डा. धवलशमशेर राणाले वृहत आन्दोलन सम्बन्धी कार्य योजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदार बहादुर अधिकारीले सचिवालय सम्बन्धी प्रतिवेदन पेस गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक मङ्गलबारसम्म चल्नेछ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : ०५ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने