लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का « Khabarhub

लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएअनुसार लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेको विश्वास गरिएको छ । जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करिब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”, आईओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आईओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक सामुद्रिक यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिसिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आईओएमका अनुसार यस वर्ष ट्युनिसिया र लिबियाबाट एक लाख ५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।

इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेकी थिइन् । मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक सामुद्रिक यात्राको प्रयास गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय अपनाएको छ । अवैध आप्रवासनसँग सामना गर्ने उनको दृष्टिकोणलाई शनिबार रोमको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि प्रशंसा गरेका छन् ।

दुवै नेताले आ–आफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाहरूको अवतरणलाई रोक्ने र मानव तस्करहरू विरुद्ध लड्ने प्रयासलाई तीव्रता दिइने वाचा गरे । संयुक्त राष्ट्रसङ्घले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ ।

आईओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस वर्ष केन्द्रीय भूमध्यसागरीय मार्गमा दुई हजार दुई सय ५० भन्दा बढीको मृत्यु भएको छ, यो नाटकीय तथ्याङ्कले समुद्रमा जीवन बचाउनका लागि पर्याप्त काम भइरहेको छैन भन्ने देखाउँछ ।”

लिबियाबाट इटाली हुँदै सात सय ५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जुन १४ मा दक्षिणपश्चिम ग्रिसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकोहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये एक सय चार जना मात्र बाँच्न सफल भए भने ८२ शव फेला परेका थिए ।

नेटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न सहयोग गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : ३७ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा