सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित बनायो : अध्यक्ष ओली « Khabarhub

सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित बनायो : अध्यक्ष ओली


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका छन् ।

मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट सुरु भएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आइतबार पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्दै अध्यक्ष ओलीले सङ्कल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको र अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका हुन् ।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले बताए । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताए ।

ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गरे ।

उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए । सङ्कल्प यात्रा समापनका क्रममा ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : ०७ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको