गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन « Khabarhub

गाईपालनको आम्दानीबाट मन्दिरको खर्च व्यवस्थापन


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका–५ स्थित लक्ष्मीनारायण कृषि फार्मले उन्नत जातका गाईपालन गरी लक्ष्मीनारायण मन्दिरको खर्च व्यवस्थापन गर्दै आएको छ । फार्ममा उन्नत जातका ५२ गाई रहेका छन् ।

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । दूध बिक्री गरेर हुने आम्दानीबाट मन्दिर सञ्चालन र व्यवस्थापन, धार्मिक अनुष्ठान तथा गरिब र असहायलाई भोजनको व्यवस्था गरिँदै आएको मन्दिरका अध्यक्ष एवं महन्त दाताराम भण्डारीले जानकारी दिए । उनकै सक्रियतामा गाई फार्म सञ्चालन गरिएको हो । फार्मले स्थानीय पाँच जनालाई रोजगारीसमेत प्रदान गरेको छ ।

उपभोक्तालाई शुुद्ध एवं गुणस्तरीय दूध उपलब्ध गराएको अध्यक्ष भण्डारी बताउँछन् । ”दूध बिक्रीबाट मासिक रु दुई लाख ७० हजार आम्दानी हुने गरेको छ”, उनले भने, “यसै आम्दानीबाट मन्दिरका पुजारीलाई मासिक रु १५ हजार उपलब्ध गराउँछौँ ।” गाईपालन गर्नका लागि वार्षिक रु ४० हजार तिरेर एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएको अध्यक्ष भण्डारीले बताए ।

फार्मले बैंक कर्जा, दान, भेटीलगायत सहयोगबाट गाईपालनका साथै बाख्रापालनसमेत गरिरहेको छ । “आश्राममा बस्ने भक्तजनलाई गौःसेवामा सहभागी गराउँदै आएका छौँ”, महन्त भण्डारीले भने । गाईको नियमित हेरचाह, सरसफाइ, दाना, पानी, पराल, औषधोपचारलगायतमा रकम खर्च हुने गरेको छ । लगानी वृद्धि गरी नश्ल सुधारसहित गुणस्तरीय गाई तथा बाख्रापालना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।

फार्मलाई राष्ट्रियस्तरको नमुना कृषि फार्मका रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । लक्ष्मीनारायण कृषि फार्मका सञ्चालक सङ्गीता पौडेल फार्मलाई राज्यले सहयोग गर्नुपर्ने बताउँछिन् । मन्दिरमा आश्रित भक्तजनले गाईको हेरचाह गर्ने गरेका उनले बताइन् । फार्मले बैंकबाट झण्डै रु एक करोड  ऋण लिएको छ ।

“हामीले नाफा कमाउनेभन्दा पनि सेवाभावले फार्म सञ्चालन गरिरहेका छौँ”, पौडेलले भनिन् । सुन्दरहरैँचा नगरपालिकाका कृषि तथा पशुपक्षी शाखा प्रमुख किशोरकुमार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ मा फार्मका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । “कार्ययोजना र लक्षसहित आए थप आवश्यक सहयोग र सहजीकरण गछौँ”, उनले भने ।  नगरपालिकाले गोठ सुधार कार्यक्रमअन्तर्गत अनुदान सहयोग गर्ने गरेको प्रमुख कार्कीले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : १४ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा