नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन « Khabarhub

नगरसभा नहुँदा नगर अस्पताल भवन प्रयोगविहीन


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको हरिपुर्वा नगरपालिका– २ मा निर्मित पन्ध्र शय्याको नगर अस्पताल भवन  निर्माण भएको लामो समय भइसक्दा पनि प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेकाे सो अस्पताल निर्माण भएको डेढ वर्ष हुँदासमेत प्रयोगमा नआएको हो ।

अस्पताल सञ्चालनमा नआउँदा आफ्नै ठाउँमा अस्पताल भएर पनि सेवा लिन अन्यत्र जानुपरेको हरिपुर्वावासी रामविनय यादवले गुनासो गरे । उनका अनुसार सामान्य बिरामी पर्दासमेत उपचारका लागि लालबन्दी, मलङ्गवा, बर्दिवास, जनकपुर तथा काठमाडौँ जानुपर्ने बाध्यता छ । ‘गाउँमै यति ठूलो अस्पताल भवन बनेको छ तर सञ्चालन गर्न जनप्रतिनिधिले चासो नदेखाएका कारण आमनागरिक सामान्य बिरामी पर्दा पनि टाढा टाढासम्म धाउनुपर्ने बाध्यता छ ।’

अस्पताल भवन निर्माणका लागि सोही स्थान निवासी विनोद साहले १० कट्ठा जमिन निःशुल्क उपलब्ध गराए । सोही जमिनमा निर्माण भएको १५ शय्याको अस्पताल भवन अहिले अलपत्र परेको छ। निर्माण भएको अस्पताल सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेपिरहेका जग्गादाता साहले बताए। ‘गाउँमा धेरैको अकालमा मृत्यु भएको र महिलालाई प्रसूति गराउन जनकपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यता देखेर गाउँमै अस्पताल निर्माण होस् भनी जग्गा दिएँ, अस्पताल पनि निर्माण भयो तर प्रयोगमा आउन सकेन् ,’साहको गुनासो थियो ।

 राजनीतिक विवादले नगर अस्पताल भवन निर्माण हुन करिब १० वर्ष लागेको थियो भने निर्माण भएपछि पनि सञ्चालन हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण अस्पताल अलपत्र परेपछि गाउँवासी महँगो एम्बुलेन्स शुल्क तिरेर अन्यत्र जान बाध्य भएका वडाध्यक्ष दिनेशराय यादवले बताए। ‘यहाँ कोही आकस्मिक बिरामी परेर उपचार गर्न एम्बुलेन्समा जनकपुर जानुपर्दा पाँच हजार रुपैयाँ, काठमाडौँ जाँदा १६ हजार रुपैयाँ र मलङ्गवा जाँदा तीन हजार रुपैयाँ भाडा तिर्नुपर्छ, कमसेकम निर्माण भएको अस्पताल प्रयोगमा आए स्थानीयवासीलाई त्यति सास्ती हुने थिएन ।’उनले भने ।

अस्पताल सञ्चालनका लागि आफूले गत आर्थिक वर्ष मै एक करोड रुपैयाँ बजेट विनियोजन गरे पनि नगरका जनप्रतिनिधिले सो बजेट चलाउन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेमाथि दुर्व्यवहार गरिएकाले अस्पताल सञ्चालनमा आउन समय लागेको नगरप्रमुख विनोदकुमार साह तेलीले बताए । उनले चालु आवमा नगरसभा नै नभएर बजेट पारित नभएकाले अस्पताल सञ्चालन गर्न नसकिएको स्वीकार गरे ।

‘बजेट आउनासाथ चिकित्सकको व्यवस्था गरी अस्पताल सञ्चालन गर्ने योजना छ,’नगर प्रमुख साहले भने,’प्रमुख प्रशासकीय अधिकृत नभएर चालु आर्थिक वर्षको नगरसभा गर्न नपाइएका कारण वार्षिक बजेट,नीति तथा कार्यक्रम ल्याउन पाइएन ।’ करिब १५ महिनाको अन्तरालमा सात प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसक्दा पनि चालु आर्थिक वर्षको नगरसभा हुन सकेको छैन ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ३ : ५१ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच