भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार खारेजीको माग गर्दै आजपाको धर्ना « Khabarhub

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार खारेजीको माग गर्दै आजपाको धर्ना


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार विभागमा धर्ना दिएको छ ।

४५ प्रतिशत पुरस्कारको व्यवस्थाले कर्मचारी पोस्ने काम मात्रै भएको र जनतालाई कुनै राहत नभएको भन्दै उक्त पार्टीले आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना दिएको हो ।

सरकारी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने भन्दै आन्दोलन गरिएको आम जनता पार्टीका स्थायी समिति सदस्य बृजु प्रसाद यादवले बताए ।

भन्सार नियमावलीमा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ ।

नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गइरहेको सो पार्टीको भनाइ छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ०८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण