रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह « Khabarhub

रूस-युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै आयोगले रूसी र युक्रेनी सेनामा भर्ना भएका तथा आक्रमणमा परी मृत्यु र घाइते भएको भन्दै उक्त युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

केही घाइते नेपाली अस्पतालमा उपचाररत रहेका, केही विपक्षी सेनाको नियन्त्रणमा रहेका र सयौँको सङ्ख्यामा दुवैतर्फको सेनामा नेपाली संलग्न रहेको बुझिन आएको भन्दै आयोगले नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जाने बताएको छ ।

साथै युद्धमा परी मृत्यु भएकाको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ०८ बजे

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब