ऐतिहासिक ‘काष्ठमाण्डप’ लाई थप सुन्दर बनाइँदै | Khabarhub Khabarhub

ऐतिहासिक ‘काष्ठमाण्डप’ लाई थप सुन्दर बनाइँदै


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङ्ग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।

कार्यक्रमका लागि वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दुलजङग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता थियो । वडा नंं २० का वडाध्यक्ष मानन्धरले भने, “सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ ।

यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधनभित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले बाँधिएको छ ।” उनका अनुसार परिसरमा १२ फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् ।

दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजङग गुल्मले यसको व्यवस्थापन गरेको हो । यो कामलाई वसन्तपुर क्षेत्रभरी विस्तार गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि वसन्तपुर जुद्धसालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब एक सय २० फूलसहितका गमला राखिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनः निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।

उक्त सम्पदा सर्वसाधारणका लागि कहिलेदेखि खुल्ने भन्ने विषय भने अझै टुङ्गो लागेको छैन । समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकिन हुने कामपाले जनाएको छ ।

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयवासीको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो । विसं २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माण खर्च कामपाले व्यहोर्ने निर्णय गरेअनुसार सम्पूर्ण खर्च कामपाले गरेको जनाइएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : १४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले