फ्रान्स गाजामा ‘तत्काल र दिगो’ युद्धविरामको पक्षमा « Khabarhub

फ्रान्स गाजामा ‘तत्काल र दिगो’ युद्धविरामको पक्षमा


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र दिगो’ युद्धविरामका लागि दबाब दिएकी छिन् । उनले युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताइन् । कोलोनाले तेल अविवमा आफ्ना इजरायली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजरायलले आक्रामक रूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ ।”

इस्लामिक लडाकु समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजरायल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ । गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो ।

हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको हमलाका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिइन् । “भन्नु पर्दैन, फ्रान्स यी पीडित महिलाहरूको कुरामा विश्वास गर्छ”, हमासको हमलाका क्रममा व्यापक यौन उत्पीडनको आरोपका बारेमा उनले भनिन्, “बलात्कार, अङ्गभङ्ग र यो अपवित्रता देख्नुपरेका मानिसहरूसँग फ्रान्सले विश्वास गर्छ ।”

यसैबीच मन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन्  । इजरायल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेष रूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमित रूपमा सीमापार गोलीबारीमा सामेल भएको छ । “इजरायलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौँ”, कोहेनले भने ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ५७ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान