रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु « Khabarhub

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो ।

नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । शाहको मृत्यु बारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने दिएको छैन ।

शाहका परिवारले भने कुशको शव बनाएर स्थानीय परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको