फिलिपिन्सको राजधानीनजिकै सेना र विद्रोहीबीच झडप हुँदा ७ जनाको मृत्यु, ३ जना घाइते « Khabarhub

फिलिपिन्सको राजधानीनजिकै सेना र विद्रोहीबीच झडप हुँदा ७ जनाको मृत्यु, ३ जना घाइते


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सको राजधानी मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् ।

सरकारी सेना र १४ जना न्यू पिपुल्स आर्मी (एनपीए) विद्रोहीबीच चार घण्टासम्म चलेको गोलीबारी स्थानीय समय अनुसार आइतबार दिउँसो २ बजे बालयान शहरमा भएको फिलिपिन्स सेनाको दोस्रो इन्फन्ट्री डिभिजनका प्रवक्ता हेक्टर एस्टोलासले बताएका छन् ।

एस्टोलासका अनुसार एनपीएले केही योजना बनाउनका लागि यस क्षेत्रमा अस्थायी शिवि खडा गर्दै गरेको सूचना पाएपछि सरकारी सेनाहरूले आक्रमण शुरु गरेका थिए ।

झडपमा एक जना सैनिकसहित सात जनाको मृत्यु भएको थियो । अन्य तीन सैनिक घाइते भएका छन् । भाग्ने एनपीए विद्रोहीहरूको खोजी कार्य जारी रहेको एस्टोलासले बताएका छन् ।

एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारसँग लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गर्दै सेनासँग झडप गरिरहेका छन् । सैन्य तथ्याङ्क अनुसार एनपीएमा दुई हजार सदस्यहरू छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ५७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल