कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ 


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु घर भई हाल जिल्ला काठमाडौंकाे बौद्ध बस्ने दावा दोर्जे लामा रहेका छन् ।

लामाले जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागी कारागार कार्यालय जगन्नाथ देवलमा रहेको कैदीलाई छुटाइदिन्छु, वकिल र अदालतलाई मिलाउनको लागि खर्च पाँच लाख रुपैयाँ खर्च लाग्छ भनी ठगी गरी फरार रहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बौद्धबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : १९ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १