शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- शान्ति सुरक्षाको माग गर्दै पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन भएको छ । आतङ्कवादीहरुले बारम्बार हमला गर्दा पनि सरकारले शान्ति तथा अमन चयनको वातावरण बनाउन नसकेको भन्दै गिल्गिट बाल्टिस्तानका सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

केही समयअघिमात्रै त्यहाँ आतङ्कवादीहरुले स्थानीय बस रोकेर गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । घटनामा अरु २६ जना घाइते भएका थिए ।

प्रदर्शनमा स्कार्डु, चिलास र गिल्गिटका महिला तथा बालबालिकासमेत सहभागी रहेको टाइम्स अफ ओमनले जनाएको छ ।

प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरी नाराबाजी गरेका थिए । आतङ्कवादीले स्थानीय बासिन्दामा डरको वातावरण बनाउन खोजेको भन्दै यसविरुद्ध सरकारले पनि कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको