कञ्चनपुरमा बसको ठक्करबाट महिलाको ज्यान गयो « Khabarhub

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको ज्यान गयो


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पूर्वपश्चिम राजमार्गमा म१ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान्) र १३ वर्षका बालकृष्ण अवस्थी उपचारपछि डिस्चार्ज भएका छन् । बस र चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : १४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस