संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : प्रधानमन्त्री मोदी « Khabarhub

संसदमा सुरक्षा उल्लङ्घन ‘अत्यन्त गम्भीर’ : प्रधानमन्त्री मोदी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताएका छन् । मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नरहेको तर यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ आवश्यक रहेको बताए ।

बुधबार दुई जना युवाले आगन्तुक दीर्घाबाट लोकसभामा हाम फालेर रङ्गको धुलो फ्याँकेका थिए । सोही समयमा एक पुरुष र एक महिला गरी अन्य दुई जनालाई प्रहरीले संसद बाहिर हिरासतमा लिएको थियो ।

घटनामा संलग्न चार जनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् ।

विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । यो विषयले संसदको दुवै सदनको बैठक अवरुद्ध भएका छन् । विपक्षीले गृहमन्त्रीको वक्तव्य माग गरेपछि तल्लो सदनका १३ र राज्य सभाका एक सदस्यलाई निलम्बित गरिएको थियो ।

शनिबार लोकसभाको तल्लो सदनका सभामुखले सुरक्षा उल्लङ्घनको गहन अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको बताएका थिए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : २९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५