माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माल्टा पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार उनलाई काठमाडौंको म्हैपीबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने र त्यसबापत प्रतिव्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने बताएका थिए । मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ४१ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा