डा. गोविन्द केसीले भोली अनशन तोड्ने « Khabarhub

डा. गोविन्द केसीले भोली अनशन तोड्ने


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा अनशन बसिरहेका प्रा.डा. गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन् ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई आज अनसन तोड्न सझाव दिइएको थियो । तर, पूर्वनिर्धारित तीन दिने अनशन भएको हुँदा उनले भोली असन तोड्न लागेको केसीका सहयोगीले बताए ।

आजै अनशन तोड्न आग्रह गरे पनि ७२ घण्टा नपुगेको भन्दै केसीले अनसन तोड्न नमानेका हुन ।

गेटामा अनशन बस्न गएका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।

२० औँ अनशन धनगढीमा बसेका केसीले २१ औँ अनशन पनि धनगढीमै थालेका हुन् । २० औँ अनशन १३ दिन जारी रहेको थियो भने २१ औँ अनशन केसीले तीन दिनमा तोड्न लागेका हुन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर