हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान | Khabarhub Khabarhub

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले इन्डियन प्रिमियर लिग २०२४ को सिजनमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् ।

उनले मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान लिनेछन्। मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।तर, फ्रेन्चाइजीले रोहित शर्माको भूमिका स्पष्ट गरेको छैन । फ्रेन्चाइजीले १९ दिनअघि पाण्ड्यालाई १५ करोड भारुमा गुजरात टाइटन्ससँग किनेको थियो ।

पाण्ड्याका लागि दुई फ्रेन्चाइजीबिच नगद सम्झौता भएको थियो। त्यसयता पाण्ड्या कप्तान बन्ने अड्कलबाजी चलिरहेको थियो ।

फ्रेन्चाइजीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अलराउन्डर खेलाडी पाण्ड्या मुम्बई इन्डियन्सको कप्तानको जिम्मेवारी लिन तयार रहेको जनाएको छ । उनले सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा सफल कप्तान रोहित शर्माको स्थान लिने मुम्बईको भनाई थियो ।

पाण्ड्याले पहिलो सिजनमा नै गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । गुजरात टिम २०२२ सिजन च्याम्पियन र २०२३ मा उपविजेता बनेको थियो । पाण्ड्या बाहिरिएपछि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान बनाएको छ ।

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका ५औँ नियमित कप्तान हुनेछन् । उनीअघि रोहित शर्मा, रिकी पोन्टिङ, हरभजन सिंह र सचिन तेन्दुलकरले टोलीको कप्तानी गरेका थिए।

मुम्बई आईपीएलको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले अहिलेसम्म ५ उपाधि जितेको छ । सबैभन्दा धेरै आईपीएल उपाधि जित्ने मामिलामा चेन्नई सुपर किंग्सको बराबरी छ । चेन्नईको टोली ६ पटक उपविजेता बनेको छ भने मुम्बई इन्डियन्स एक पटक मात्र उपविजेता भएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ०१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग