इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित « Khabarhub

इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जित


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो ।

महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा ४२८ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा १३६ रन तथा दोस्रो इनिङ्समा १३१ रन बनायो ।

यस खेलमा नौ विकेट लिने दीप्ति शर्मा खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । दोस्रो इनिङ्समा दीप्ति शर्माले ३२ रनमा चार विकेट लिइन् भने पूजा वस्त्रकारले तीन र राजेश्वरी गायकवाडले दुई विकेट लिइन्। पहिलो इनिङ्समा दिप्ती शर्माले पाँच र स्नेह रानाले दुई विकेट लिएकी थिइन् ।

इंग्ल्यान्डका दुवै इनिङ्समध्ये पहिलो इनिङ्समा मात्रै खेलाडीले अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा नेट स्काइभर ब्रन्टले सर्वाधिक ५९ रन बनाइन् । भारतका लागि पहिलो इनिङ्समा चार खेलाडीले अर्धशतक बनाएका थिए । दोस्रो इनिङ्समा भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ४४ रन बनाइन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ०८ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ