अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा « Khabarhub

अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन : गगन थापा


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पर्वत – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे ।

नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई आज कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए ।

उनले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।” थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए।

कांग्रेसका सांसदले मत दिएर दाहाललाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए।

प्रचण्डलाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम ग¥यो भनेर भन्न नसकिने उनको भनाइ छ । अब एमालेलाई नेतृत्वमा पु¥याउन नहुने महामन्त्री थापाले बताउनुभयो । केपी ओली नेतृत्वमा पुगे पुन संसद् विघटन गर्ने उनले बताए । महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका नौ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : २५ बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा