८ सय करोड क्लब नजिक पुग्यो एनिमल « Khabarhub

८ सय करोड क्लब नजिक पुग्यो एनिमल


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ ।

चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३३७.५८ करोड कमाएको थियो । यसपछि दोस्रो हप्तामा १३८.२६ करोड रुपैयाँ संकलन गर्‍यो ।

घरेलु बक्स अफिस रेकर्डको कुरा गर्ने हो भने एनिमल हाल ४८४.८६ करोड भारुको साथ चौथो स्थानमा छ। सूचीको तेस्रो स्थानमा सन्नी देओलको ‘गदर–२’ छ जसले ५२५।४५ करोड कमाएको छ । गदर–२ को कीर्तिमान तोड्न घरेलु बीओमा ४० करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गर्नुपर्नेछ ।

उता विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले १५ दिनमा भारतमा ६६ करोड ८५ लाखको कलेक्सन गरेको छ । तेस्रो शुक्रबार फिल्मले २ करोड २५ लाख कमायो ।

सामले आफ्नो पहिलो सप्ताहन्तमा ३८.८ करोड र दोस्रो सप्ताहन्तमा २५.८ करोड कमाएको छ । यो फिल्मले अहिलेसम्म विश्वभर ८३.५ करोड कमाइसकेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ९ : ३४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी