विश्व इतिहासमा आज : पेरिस शान्ति सम्मेलनदेखि लुथर दिवससम्म  | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : पेरिस शान्ति सम्मेलनदेखि लुथर दिवससम्म 


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १८ जनवरी । आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

सेरालियोनको युद्ध समाप्त
सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए ।

पेरिस शान्ति सम्मेलन
सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच  फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो ।

उत्तरी धुव्रमा हिँड्ने नर्वेका अन्वेषक
सन् १९९७ मा नर्वेका धुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिँडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।

मार्टिन लुथर किङ दिवस
सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ३० बजे

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

भोजपुर– भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान