चलचित्रकर्मीको कोषमा गायिका दीपा झाको सहयोग « Khabarhub

चलचित्रकर्मीको कोषमा गायिका दीपा झाको सहयोग


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन् । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुगेकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गरेकी हुन्।

“गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ”, गायिका झाले भनिन्, “नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ ।”

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही रु एक लाख एक सय ११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही रु ५१ हजार एक सय ११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले रु ११ हजार एक सय ११ कोषमा सहयोग प्रदान गरेका छन् ।

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिइन् । “यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा रु पाँच करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य रु १० करोडको छ”, उनले भनिन् । नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्नेलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीसँगै पूर्वअध्यक्ष शम्भुजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राई, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्म निर्देशक माधवराज खरेललगायत उपस्थित थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : २६ बजे

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा