छानबिन समितिले नै मानवीय त्रुटि गर्ने गर्छ | Khabarhub Khabarhub

पोखरा विमान दुर्घटना

छानबिन समितिले नै मानवीय त्रुटि गर्ने गर्छ

‘नियामक निकायले नियमित अनुगमन नगर्दा धेरै जहाज दुर्घटना भए’


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा नेपालको आन्तरिक विमान दुर्घटनाको इतिहासमा सबै भन्दा ठूलो मानवीय क्षति भएको छ । पछिल्लो ६२ वर्षमा ५५ औँ आन्तरिक विमान दुर्घटना भइसकेको अवस्था छ । यो दुर्घटनाले नेपालको आकाश असुरक्षित बन्दै गएको छ । यसको कारण के हो भन्नेबारे गम्भीर र संवेदनशील रूपमा हेर्नु पर्ने आजको आवश्यकता हो । यसमा आधारित रहेर नेपाल एयरलाइन्सका पूर्व वरिष्ठ पाइलट तथा पूर्व क्याप्टेन युवराज भट्टराईसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

पोखरामा भएको यति एयरलाइन्स दुर्घटनाको कारण के हुन सक्ला ?
मानवीय त्रुटिको कारणले नै हुन्छ । पाइलटको मात्र दोष होइन । त्यसमा म्यानेजमेन्टको पनि दोष हुन्छ । अब सरकारले छानबिन समिति बनाउने भन्ने कुरा मान्छेलाई भुलाउन मात्रै हो । छानबिन समितिले नै पनि मानवीय त्रुटि गर्ने गरेको छ ।

पछिल्लो ६२ वर्षमा नेपालमा आन्तरिक विमान दुर्घटना ५५ वटा भएका छन् । जाँचबुझ आयोगबाट आएको प्रतिवेदनमा मानवीय त्रुटि र मृतक चालकलाई मात्रै दोष लगाइएको छ । यसमा सम्बन्धित निकायले कत्तिको ध्यान दियो ?
जाँचबुझ आयोगबाट आएको प्रतिवेदन साँच्चै अनुसन्धान भएर आएको होइन होला जस्तो लाग्छ । सुधारको उपाय कुनै गरेको जस्तो देखिदैन । म्यानपावरको हिसाबले एयरलाइन्सको नम्बर हुनु  पर्‍यो । मासिक वार्षिक वा साप्ताहिक तरिकाले जहाज जाँच गर्नु पर्दछ । कम्पनी भनेको बिजनेसको हो । त्यसमा उनीहरूले पैसा हेर्छन् । त्यसमा इन्जिनियरहरूले जाँच गर्नु पर्‍यो ।

अनि पोखरामा भएको जहाज दुर्घटनाको मुख्य दोषी को हो ?
जहाज ‘आउट अफ कन्ट्रोल’ भएको जस्तो देखिन्छ । जहाज मोडिदा स्वाट्टै तल खसेको छ । ठोकिए पछि त सबै सकियो । इन्जिन फेल भए पछि पनि यस्तो अवस्था हुन्छ । जहाजको इन्जिन फेल भयो भने कन्ट्रोल रुमलाई खबर गर्न भन्दा त्यो कन्ट्रोल गर्न तिर ध्यान दिनु पर्दछ । सायद जहाज पहिले कन्ट्रोल गर्न खोज्दा दुर्घटना भइहालेको जस्तो देखिन्छ ।

विदेशीले यो दुर्घटनालाई नेपालको पहाडमा पाइलटकै तालिम अभाव भन्छन् नि ?
उनीहरूले तालिम र कालो छालालाई दोष दिन्छन् । व्यवस्थापनको अभाव हुन सक्छ । सामान्यतया कति दुर्घटना भएको छ, त्यो हेर्नु  पर्‍यो । कुन प्रविधिको जहाज हामीले उडाउँछौँ त्यसमा पनि भर पर्दछ । सबै विशेषज्ञहरू बसेर कसरी के कारणले दुर्घटना भएको हो भनेर थाहा पाउन सक्यो भने मात्र थाहा होला के कारणले दुर्घटना भएको भनेर ।

नेपालमा अनुभवी क्याप्टेन हुँदा पनि पोखरा जस्तो राम्रो, सहज, सजिलो छोटो हवाई मार्ग किन असुरक्षित भयो ?
नेपाल जस्तो भौगोलिक अवस्था भएको अरू देशहरू पनि छन् । दुर्घटना घटाउन आन्तरिक विमानस्थल कति छन्, मानवीय संशाधन सही प्रयोग गरेर काम गर्नु  पर्‍यो । नियम, कानुन बनाएर यता जा, उता नजा भनेर मात्रै बस्नु भएन ।

विमानमा समस्या आयो भने सुरक्षित विमान अवतरण गर्न सकिन्छ ?
सकिन्छ नि । उडिरहेको जहाज एक्कासि त झर्न सक्दैन । त्यसमा समस्याहरू गल्तीहरू धेरै भए । यस्ता गल्ती जसले यो एयरलाइन्स चलाउँछ । उसमा पैसाको लोभको कारणले व्यवस्था गर्ने समस्या छ । मानव नियामक निकाय समयमा नियमन नगर्ने अर्को समस्या छ । विमान चालकको कारणले दुर्घटना हुन्छ । तर त्यो कसरी सिर्जना भयो भनेर व्यवस्थापनलाई पनि दोष दिने ठाउँ धेरै हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ०९ बजे

तुलसीपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ ।

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक