उपराष्ट्रपति पुन अस्पताल पुगेर भेटे वर्षमानलाई « Khabarhub

उपराष्ट्रपति पुन अस्पताल पुगेर भेटे वर्षमानलाई


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए ।

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : १० बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ