सभामुखबारे अन्तिम निर्णय लिन कांग्रेस बैठक धुम्बाराहीमा जारी « Khabarhub

सभामुखबारे अन्तिम निर्णय लिन कांग्रेस बैठक धुम्बाराहीमा जारी


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।

बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् । यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : ०३ बजे

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र