कार्यदलले बुझायो अध्यक्ष थापालाई चुनावी समीक्षा प्रतिवेदन « Khabarhub

कार्यदलले बुझायो अध्यक्ष थापालाई चुनावी समीक्षा प्रतिवेदन


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ । पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी ९-१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपश्चात् कार्यान्वयन गरिने बताए । प्रतिवेदन यथार्थपरक र व्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको, देशभरिका नेता कार्यकर्ताहरूको भावना समेटिएको तथा कमीकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक भण्डारीले जानकारी दिए । 

कार्यदलमा बसन्तमानसिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला, उज्जल पोखरेल छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ०० बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई