युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु « Khabarhub

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको राजधानी किभ नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ ।

गृहमन्त्री चढेको हेलिकप्टर किभ नजिकै ब्रोभारी क्षेत्रमा शिशु विद्यालय छेउ दुर्घटनामा परेको जनाइएको छ । मारिनेमा युक्रेनी गृहमन्त्री डेनिस मोनास्त्रिस्की पनि छन् । दुर्घटनामा परी मृत्यु हुनेमा तीन जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।

घटनालगत्तै सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोमा आगो लागेर जलेको हेलिकप्टरभित्रबाट चित्कार सुनिन्छ ।

दुर्घटनाको कारणबारे तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन । दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ३ : ०९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै