समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्ति प्रति जसपाको आपत्ति « Khabarhub

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्ति प्रति जसपाको आपत्ति


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । 

सरकारले बिहीवार तीनवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई सपथ पनि गराएका थिए । जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन । 

‘संविधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त विपरित गरिएका नियुक्तिहरुलाई सच्चाइ समानुपातिक समावेशीको मूल मर्म अनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : १० बजे

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।

एमालेमा युवाले उठाए विशेष महाधिवेशनको एजेन्डा, तर नेताहरूले आँटै गरेनन्

काठमाडौं– यतिबेला नेकपा (एमाले)मा युवा, विद्यार्थी, वुद्धिजिवी लगायतको एउटा समूहले

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय