रुपन्देहीबाट १८ लाख बराबरको अवैध कपडा बरामद « Khabarhub

रुपन्देहीबाट १८ लाख बराबरको अवैध कपडा बरामद


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।

मायादेवी गाउँपालिका– ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद भएको हो ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवको ग १ त ४६२५ नम्बरको ट्याक्टर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार महिलाले लगाउने लुगादेखि पूजाका लागि प्रयोग हुने लत्ताकपडाहरु बरामद भएका छन् । बरामद गरिएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको